बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि ने.रा.मा.बि. बेलुवाबज्जाको प्रधानाध्यापक बनेकी छिन । यस्तै एकदिनका लागी सोहि वडामा रहेको इलाका प्रहरि चौकी बनियाभारमा प्रहरि निरिक्षकको भुमिकामा प्रतिभा थारु देखिएकी छिन । प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको, बाके युनेस्को क्लबको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवस को अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित इलाका प्रहरि चौकी बनियाभार रामपुर को प्रहरि निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालीकाको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इलाका प्रहरि कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु खुसीको कुरा भएको भन्दै युवा महिला बालबालीकाहरुको अबसर तथा आवाजलाई सुनवाइ हुने र प्राप्त भएको ज्ञापनपत्रलाई आत्मसाथ गरि कार्यान्वयनका लागी प्रतिबद्दता जनाउनु भयो ।
सोही अबसरमा बालीकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिधालयका लागी अबसर लिइएको छ । मंगलबार देखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । कार्यक्रममा बिधालय ब्यबस्थापन समितीका पदाधिकारी, वडा सदस्य, शिक्षकहरुको सहभागीता रहेको थियो ।