रोटरी क्लब अफ काठमाडौं र स्याक नेपाल, बाँकेको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत श्री बाल शिक्षा मा.वि., कोहलपुर नगरपालिका–१३, भरैयामा निर्माण गरिएको छात्रामैत्री शौचालय आइतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका अवसरमा बाल कक्षा देखि कक्षा ३ सम्म अध्ययनरत ७५ जना बालबालिकालाई झोला, कपी, पेन्सिल, इरेजर तथा कटर वितरण गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।

शौचालय निर्माण तथा सामग्री वितरणले विद्यालयका बालबालिकाहरूको स्वास्थ्य, स्वच्छता तथा अध्ययनमा थप सकारात्मक प्रभाव पर्ने आयोजक पक्षले विश्वास व्यक्त गरेको छ।



Add Your comments