बाँके, असार २ — सामाजिक सचेतन सरोकार मञ्च (SAC) बाँकेको सहजीकरण तथा बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सर्पदंश सचेतना तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जेठ २६ गतेदेखि असार १ गतेसम्म बैजनाथ गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको कार्यक्रममा सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार, समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने आवश्यकता तथा सर्पदंश व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय समुदाय, महिला समूह, युवायुवती तथा सर्वसाधारण गरी २५८ जना सहभागी भएका थिए। सहभागीमध्ये ६७ जना पुरुष र १९१ जना महिला रहेका थिए।
सामाजिक सचेतन सरोकार मञ्च (SAC) बाँकेले समुदायस्तरमा सर्पदंश सम्बन्धी सचेतना अभिवृद्धि गरी जोखिम न्यूनीकरण तथा समयमै उपचार पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

विशेषगरी वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायलाई सही जानकारी प्रदान गरी सम्भावित मानवीय क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



Add Your comments