बैजनाथ / बाँकेको बैजनाथ गाउँपालिका पनि बाल विवाह मुक्त पालिका हुने अन्तिम तयारीमा जुटेको छ । यहि कार्तिक ३० गते बैजनाथ गाउँपालिका बाल विवाह मुक्त पालिका बाँके जिल्लाको दोश्रो हुने भएको छ । बैजनाथ गाउँपालिकाको ८ वटा वडा मध्ये ७ वटा वडा बाल विवाहमुक्त घोषणा भईसकेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।
आज बैजनाथ गाउँपालिकाको वडा न.३ र वडा नं. ४ एकै दिन बाल बिवाह मुक्त वडा घोषणा भएको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी,वडा अध्यक्ष कार्यपालिका सदस्य स्थानीय राजनितिक दल समाजसेवि लगाएतको सहभागितामा वडा नं. ३ बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । त्यसै गरि वडा नं. ४ भने बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी,वडा अध्यक्ष कार्यपालिका सदस्य स्थानीय राजनितिक दल, समाजसेवी लगाएतको सहभागितामा घोषणा गरिएको छ । कार्यक्रममा स्थानीय किसोरी क्लब बाल क्लबका प्रतिनिधिहरुले र्याली समेत गरिएको थियो । र्यालीमा बिवाह वारी २० वर्ष पारी भन्ने नारा सहित स्थानीय बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बाल विवाह समाज रुपान्तरणको मुख्य बाधक रहेको बताए । उनले बैजनाथ गाउँपालिकाले सबै भन्दा पहिला समाजलाई सजक बनाउने कार्य तर्फ उन्मुख रहेको बताउदै बाल बिवाह वडाका रुपमा घोषणा पश्चात पनि बाल विवाह जस्ता क्रियाकलप जारी रहे कानूनी दायरामा ल्याउन समाजलाई आग्रह गरे ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्षले वडा लाई बाल बिवाह मुक्त घोषणाको प्रमाणपत्र वडा न ३ लाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बाल बिवाह मुक्त बनाउका निम्ति क्रियाशिल स्थानीय किसोरी क्लब बाल क्लब र स्याक नेपाल समाजसेवि लगाएत लगाएतलाई सम्मान समेत गरिएको थियो । वडा नं. ३ को कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष पद्मा रोकायाले गर्नु भएको थियो भने वडा नं. ४ मा भएको कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा अध्यक्ष कालि बहादुर सिहंले गर्नु भएको स्याक नेपालका फिल्ड सुुपरभाईजर बबिता शाहले जानकारी दिइन् ।