दुई किशोरी बनिन् एक दिनका लागि प्रहरी निरीक्षक र प्रधानाध्यापक
स्काई न्यूज /असोज २८, सुर्खेत । प्लान इन्टरनेसनलको स्टेट अफ द वल्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपालका किशोरी र युवा महिलाहरु राजनीतिक सहभागिताको लागि इच्छुक रहेको औल्याएको छ । मंगलबारदेखि शुरु भएको ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नारासहित ११ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यस्तो जानकारी दिईएको हो । उक्त सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशतले राजनीतिमा सहभागि हुनु महत्वपूर्ण रहेको उल्लेख छ । त्यस्तै ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको अनुभव रहेको बताईएको प्रतिवेदनमा जनाईएको छ ।
२९ देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुरुप १५ देखि २४ वर्ष उमेर समूहका २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरिएको थियो । यसैवीच बाँकेमा एउटै स्थानीय तहका प्रायोजित बालिका प्रतिभा र अचर्नालाई एक दिनका लागि प्रहरी निरीक्षक तथा प्रधानाध्यापक बनाईएको छ । प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मञ्ंच (स्याक) र वी ग्रुपको बाँके युनेस्को क्लबको साझेदारीमा आयोजना गरिएको कार्यक्रममा बारबर्दिया नगरपालिका–३, की अर्चना चौधरीले एक दिनका लागि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बेलुवाबज्याको प्रधानाध्यापक बन्ने अवसर पाईन् ।
त्यस्तै सोही वडामा रहेको ईलाका प्रहरी कार्यालय बनियाभार रामपुरको प्रहरी निरीक्षक प्रतिभा थारु बनेकी थिईन् । ईलाका प्रहरी कार्यालय बनियाभार रामपुरका प्रहरी निरीक्षक हरिहर खड्काले अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा ईलाका प्रहरी कार्यालयको प्रमुख पद हस्तान्तरण गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले यस ईलाका क्षेत्र भित्र कुनैपनि घटनाहरुमा युवा महिला तथा बालबालिकाका सवाललाई प्राथमिकता दिइने जनाए । कार्याक्रममा प्लान इन्टरनेशनल नेपाल र उसका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तर सुधार गर्न बालिकाहरुको नियमित विद्यालयमा सहभागिताका लागि जोड दिईएको छ ।