बारबर्दिया(बर्दिया) / प्लान ईन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच (स्याक), भेरी वातावरणीय विशिष्टता समुह(बि–ग्रुप) , बाँके युनेस्को क्लबको साझेदारिमा आयोजना गरिएको अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ का बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेरामावि बेलुवाबज्या बिधालयको प्राधानाध्यापकको भुमिका निभाएकी छिन् ।
श्री नेरामावि बेलुवाबज्या बिधालयको प्राधानाध्यापक मुकुन्द प्रसाद पौडेलले आफनो पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्त्रण गर्नु हुदै श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालयको प्र.अ. मुकुन्द प्रसाद पौडेलले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तर सुधार गर्न र बालिकाहरुको नियमित बिधालयमा सहभागीताका लागी गरिएका कृयाकलाप सान्दर्भिक तथा उपलब्धीमुलक भएको बताउनुभयो । साथै बिधालयमा बालिकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिधालयका लागी सुअवशर भएको बताउनुभयो ।
आज नै सोही वडामा रहेको इलाका प्रहरी चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षकको भुमिकामा प्रतिभा थारु बनेकी छिन् । उक्त कार्यक्रममा इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवसको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इलाका प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु यस इलाका प्रहरी कार्यालयको लागी खुसी तथा रुपमा लिएको बताउदै यस इलाका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालीकाहरुको अबसर तथा आवाजलाई सुनुवाई हुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाई आत्मसाथ गरि कार्यान्वयनका लागी प्रतिबद्दता जनाउनु भयो । मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयको छ ।
प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट अनुसार २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । यसले कार्यक्रममा मात्र सिमित नराखि बालिकाहरुको सशक्तिकरणमा यस कार्यले टेवा पुग्ने अपेक्षा प्रकट गर्नुभयो । उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितीका पदाधिकारी, वडा सदस्य, शिक्षकहरुको सहभागीता रहेको स्याक नेपालका टिम लिडर तथा परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।