चुरेकुञ्ज, बर्दिया । बारबर्दिया नगरपालिकामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्जा र प्रहरी चौकी बानियाभारमा बालिकाले प्रमुख पद सम्हालेका छन् । दशौं अन्र्तर्राष्ट्रिय बालदिवसको अवसरमा आयोजित गल्स टेक ओभर कार्यक्रम अन्र्तगत बालिकाहरुलाई सशक्तिकरण गर्न प्रमुख पदमा भूमिका दिईएको हो ।
विद्यालयमा अर्चना चौधरी प्रधानाध्यापक र ईलाका प्रहरी कार्यालय बानियाभारमा प्रतिभा थारुलाई प्रहरी निरिक्षकको भूमिकामा पद हस्तान्तरण गरिएको हो । ईलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरिक्षक हरिहर खड्काले इलाका प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पद हस्तान्तरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै अवसको रुपमा लिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय अन्र्तगत बालवालिको अधिकारका रक्षार्थ विभिन्न कार्यक्रमहरुगर्दै आएको छ । बाल दिवसको अवसरमा प्राप्त ज्ञापन पत्र आत्मसात गरी कार्यान्वय गर्ने उहाँको प्रतिवद्धता छ ।
प्लान ईन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक र बिग्रुप, बाँके युनेस्को क्लबको साझेदारिमा आयोजना गरिएको दशौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य भन्ने नारा सहित मनाईएको छ । सोही अबसरमा श्रीनेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्रधानाध्यापकको भुमिकाले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तर सुधारगर्दै बालीकाहरुको नियमित बिद्यालयमा सहभागीताका लागी गरिएका कृयाकलाप सान्दर्भिक र उपलब्धी मुलक भएको छ । बिद्यालयमा बालीकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिद्यालयका लागी अबसरको रुपमा लिएको विद्यालयले जनाएको छ ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । यसले कार्यक्रममा मात्र सिमित नराखि बालीकाहरुको शशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी, वडा सदस्य, शिक्षकहरुको सहभागीता थियो ।