बर्दिया, असोज २८ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं ३ किशोरी १६ बर्षीया अर्चना चौधरी र १७ बर्षीया प्रतिभा थारुले एक दिनका लागि ईलाका प्रहरी कार्यालय र माध्यमिक विद्यालयको नेतृत्व सम्हाल्नु भएको छ । दशौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा “अब हाम्रो पालो हाम्रो अधिकार, हाम्रो भविष्य” भन्ने नारा सहित इलाका प्रहरी कार्यालय बनियाभारको जिम्मेवारी प्रतिभा थारु र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्याको प्रधानाध्यापको भुमिका अर्चना चौधरीले सम्हाल्नु भएको हो ।
प्लान ईन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको, बाँके युनेस्को क्लबको साझेदारीमा ‘गल्र्स टेक ओभर’ अभियान अन्तरगत एकदिन नेतृत्वदायि भूमिका दिएर भूमिका अनुसारको भित्री प्रेरणा प्रदान गर्नका लागि यस्तो खालका कार्यक्रमहरु गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय बनियाभारको प्रहरी निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिकाको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु खुसि र अबसरको रुपमा लिएको बताउनु भयो । यस इलाका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालिकाहरुको अबसर तथा आवाजलाई सुनुवाइ हुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाई आत्मसाथ गरि कार्यान्वयनका लागि प्रतिबद्धता जनाउनु भयो ।
बारबर्दिया ३ बेलवाबज्जामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलले प्लान इन्टरनेशनल नेपाल र सोही संस्थाका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तिर सुधार गर्न र बालिकाहरुको नियमित बिद्यालयमा सहभागीताका लागि गरिएका क्रियाकलाप सान्र्दभिक र उपलब्धि मुलक भएको बताउनु भएको छ । यस अबसरमा यस बिद्यालयमा बालिकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागि प्रधानाध्यापकको पदीय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिधालयका लागि अबसर रहेको बताउनु भएको छ ।
यस कार्यक्रमलाई कार्यक्रममा मात्र सिमित नराखि बालिकाहरुको शशक्तीकरणमा यस कार्यले टेवा पुग्ने विश्वासका साग कार्यक्रमलाई निरन्तता दिईएको छ । उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, वडा सदस्य, शिक्षकहरुको सहभागीता रहेको थियो ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भिर हुन अनुरोध समेत गरेका छन् ।